“चोटी वाली छौरी” नाम गरिएको थारु म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

"चोटी वाली छौरी" नाम गरिएको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ। B&G Entertainment Nepal युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई प्रमोद चौधरीले लेखेका हुन्। भानु थारु र सोनु कुश्मीको सुमधुर स्वर रहेको र गणेश चौधरीको संगीत/एरेन्ज रहेको गीतमा राज कुश्मी‌ले र्‍याप गरेर सुनमा सुगन्ध थपेका छन्। सावनको नृत्य निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा बिरु चौधरी र लीजा कौशल चौधरीले अभिनय गरेका हुन्। त्यस्तै यस गीतको भिडियोको छायांकन तथा सम्पादन बिकास गुरुङले गरेका हुन् भने भिडियोको प्रोडक्शन डिजाईनरको भूमिकामा युवराज केशरी देखिएका हुन् । ↓↓भिडियो हेर्नुहोस्↓↓ https://youtu.be/tqjjZKYYTIQ

Continue Reading “चोटी वाली छौरी” नाम गरिएको थारु म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

गायक तथा गीतकार रामदेव चौधरीको “परदेश” नामको म्युजिक भिडियो सार्वजनिक–

गायक तथा गीतकार रामदेव चौधरीले गरिवीका कारण विदेशीन बाध्य र विदेशमा रहदाँका पिडाहरुलाई समावेश गरिएर लेखिएको गीतलाई गायक रबिन्द्र चौधरीले स्वर दिएका हुन्। "परदेश" बोलको गीतको सार्वजनिक भिडियोले विदेशका पिडा र गरिवीलाई देखाउन खोजेको छ । भिडियो "BS Maker Studio" युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। बिकाश गुरुङको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा राजिव चौधरी, रचना चौधरी र चम्पादेवी चौधरी सँगै बाल-कलाकारमा रितिका चौधरी र रिषिका चौधरीले अभिनय गरेका छन् भने कथा/निर्देशन सावनको रहेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्! https://youtu.be/_C4aPx0UsUE

Continue Reading गायक तथा गीतकार रामदेव चौधरीको “परदेश” नामको म्युजिक भिडियो सार्वजनिक–

थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’को नेपाली म्युजिक भिडियाे सार्वजनिक (भिडियो हेर्नुहोस्)

थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ को नेपाली म्युजिक भिडियो गीत ‘आँखा छाेपि रूनु पर्याे’ "MEGA DIGITAL RECORDING STUDIO" युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।पुजा चाैधरीले निर्माण गरेको सो गीतमा शब्द संगित र स्वर प्रभु चाैधरीकाे रहेकाे छ । बिट्स स्टुडियाे बिराटनगरका सुरज श्रेष्ठले एरेन्ज गरेकाे याे गीतमा प्राण भन्दा प्यारी अाफ्नाे प्रेमिकाले छाेडेर जाँदा उनिसंग विताएका पलहरू सम्झीदै राेएका दृश्यहरू देख्न सकिन्छ। गीतकारले अाफ्नाे प्रियसीकाे बियाेगमा तड्पिरहेकाे पात्रकाे चित्रण गर्न खाेजेका छन् जसमा ‘सञ्जु बाबा’ ले अाफ्नाे बेजाेड प्रस्तुती दिएका छन् । यसअघि पनि उनले अाेइ डल्ली बाेलकाे नेपाली म्युजिक भिडियाेमा अभिनय गरिसकेका छन् । भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=tuRLHMkaTOQ

Continue Reading थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’को नेपाली म्युजिक भिडियाे सार्वजनिक (भिडियो हेर्नुहोस्)

थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’को नेपाली म्युजिक भिडियाे आउँदै..

इटहरी / थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ नेपाली म्युजिक भिडियाे मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन् । गायक प्रभु चाैधरीकाे ‘आँखा छाेपि रूनु पर्याे’ बाेलकाे गीतमा उनि संगै माया शेर्पालाइ पनि देख्न सकिन्छ । लकडाउनकाे याे विसम परिस्थितीमा बिहिबार नै सुटिङका सम्पुर्ण कामहरू सकिएकाे छ। अब आउने आइतबार गीत रिलिज हुने बताइएको छ । ‘सञ्जु बाबा’ काे अाफ्नै यूट्युब च्यानल मार्फत रिलिज गरिने साे गीतमा पुजा चाैधरी निर्माता रहेकी छिन् भने शब्द संगित प्रभु चाैधरीकाे रहेकाे छ । बिट्स स्टुडियाे बिराटनगरका सुरज श्रेष्ठले एरेन्ज गरेकाे याे गीतमा प्राण भन्दा प्यारी अाफ्नाे प्रेमिकाले छाेडेर जाँदा उनिसंग विताएका पलहरू सम्झीदै राेएका दृश्यहरू देख्न सकिन्छ। गीतकारले अाफ्नाे प्रियसीकाे बियाेगमा तड्पिरहेकाे पात्रकाे चित्रण गर्न खाेजेका छन् जसमा ‘सञ्जु बाबा’ ले अाफ्नाे बेजाेड प्रस्तुती दिएका छन् । यसअघि पनि उनले अाेइ डल्ली बाेलकाे नेपाली म्युजिक भिडियाेमा अभिनय गरिसकेका छन् ।

Continue Reading थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’को नेपाली म्युजिक भिडियाे आउँदै..

अभिनेता संगत चौधरीको जन्मदिनको अवसर पारेर थारु फिल्म “बसेरा”को एउटा गीत सार्वजनिक (भिडियो सहित)

थारु फिल्मको अभिनेता संगत चौधरीको जन्मदिनको अवसर पारेर थारु फिल्म “बसेरा” को “खोजटु मै” बोलको एउटा गीत सार्वजनिक गरिएको हो। “खोजटु मै” बोलको गीत पुरानो भएपनि फिल्म “बसेरा” मा समावेश गरिएको छ। उमेश थापाको शब्द, कमल कृष्ण को संगीत रहेको गीतमा आन्नद कार्कीले स्वर दिएका छन्। थारु फिल्मको सुरुवाती चरणमा आन्नद कार्कीले थुप्रै थारु गीतमा स्वर दिएका छन्। फिल्ममा संगत चौधरीको हिरोइन समु चौधरी बनेकी छिन्। भिडियोलाई सुधराम दहितले निर्देशन गरेका छन भने छायांकन र सम्पादन चाही सतिश सिन्हाले गरेका छन्। गीतलाई “सि.एस.फिल्मस्” युट्युब च्यानलले सार्वजनिक गरिएका छन्। भिडियो हेर्नुहोस् https://youtu.be/GUZTIyZMc6A

Continue Reading अभिनेता संगत चौधरीको जन्मदिनको अवसर पारेर थारु फिल्म “बसेरा”को एउटा गीत सार्वजनिक (भिडियो सहित)

End of content

No more pages to load