‘मन लागेना अब बिन तोहार’ पछीको आर.के.थारुको अर्को गीत “ई-दिल पुकारे” सार्वजनिक (भिडियो सहित)

'मन लागेना अब बिन तोहार' गीत गाएर चर्चा कमाउनु भएको आर.के.थारुको दोस्रो थारु गीत "ई-दिल पुकारे" म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। गायक: आर.के. थारु आर.के.थारुकै शब्द तथा संगीत रहेको गीतमा स्वर अन्नु चौधरी र आर.के.थारुकै रहेको छ भने एरेन्ज गणेश चौधरीले गरेका हुन्। एउटा किसानको वास्तविक बियोगान्त प्रेम कथामा आधारित रहेको "ई-दिल पुकारे" गीतको भिडियोमा खडक चौधरी र मधु चौधरीले अभिनय गरेका हुन्। सुरजदेव कुसुम्याले निर्देशन गरेको भिडियोलाई महेश चौधरीले छायांकन तथा सम्पादन गरेका हुन। भिडियो "Rkc Digital" युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियो हेर्नुहोस्। https://youtu.be/51lFlLylMow

Continue Reading ‘मन लागेना अब बिन तोहार’ पछीको आर.के.थारुको अर्को गीत “ई-दिल पुकारे” सार्वजनिक (भिडियो सहित)

खेम र अनु चौधरीको स्वर रहेको “अखवारी करे तोहर अखिया” म्युजिक भिडियो सार्वजनिक।

कपिलवस्तु := सुमधुर स्वरको धनी चर्चित गायक-गायिका खेम चौधरी र अनु चौधरीको स्वरमा सजिएको नयाँ गित “अखवारी करे तोहर अखिया” को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ। सुवास कठरियाको शब्द रहेको गितमा गणेश चौधरीले संगीत भरेका छ्न। भिडियोमा नव प्रतिभाशाली कलाकारहरु क्रेजल , उर्मिला , किशन र मनिषा लगायतको अभिनय देख्न सकिन्छ। https://youtu.be/ZYdpPA299iA

Continue Reading खेम र अनु चौधरीको स्वर रहेको “अखवारी करे तोहर अखिया” म्युजिक भिडियो सार्वजनिक।

बारा,पर्सा रौतहटका चर्चित गायक रामदेव चौधरीलाई जन्म दिनको हार्दिक शुभकामना

बारा, पर्सा र रौतहटका प्रसिद्ध ,चर्चित तथा बहुमुखी प्रतिभाका धनी गायक एवम् लेखक रामदेव चौधरीको ३०औं जन्मोत्सवको पावन अवसरमा उहाँलाई सु-स्वास्थ्य र दिर्घायुको कामना । साथै उहाँले चालेका हरेक पाइलमा सफलता मिलोस भनी जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। थरुहट मिडिया ग्रुप रेडियो थरुहट करैयामाई, बारा गायक रामदेव चौधरीले गाउनु भएको गीतको म्युजिक भिडियो हेर्नुहोस्। https://youtu.be/vT9YhPaZ-t4 https://youtu.be/UgZJqoz2GJI

Continue Reading बारा,पर्सा रौतहटका चर्चित गायक रामदेव चौधरीलाई जन्म दिनको हार्दिक शुभकामना

“पगली” कना थारु म्युजिक भिडियो सार्वजनिक —

"पगली" कना थारु म्युजिक भिडियो सार्वाजानिक हुइल बा । अन्जु कुश्मी(फुलकुमारी), देवदास, श्री देवी(चवन्नी मुस्की) द्वारा अभिनित इ भिडियोमे छायांकन, सम्पादन रामु चौधरीके रहल बा। हमार समाजमे हुइटी आईल आत्मा हत्याके घटना हे बिषय बस्तु बनाके बनागील भिडियोमे फुलकुमारी, देवदास ओ चवन्नी छैली एक्के साथ अभिनय करल हुइटै। बाँके ओ बर्दियाके बिभिन्न रमणीय ठाउँमे छायांकन करगील, इ म्युजिक भिडियोमे निर्देशन सुरज कुसुम्याके रहल बा। अंशुमन चौधरीके निर्माणमे बनल इ भिडियो मे दिपेन चौधरीके अवाज रहल, कलेसे आर. बी. मधु चौधरीके शब्द संगीत रहल बा । https://youtu.be/WogDfkUB3R8

Continue Reading “पगली” कना थारु म्युजिक भिडियो सार्वजनिक —

आखिर कस्को प्यारमा दिवानी भइन् मनिषा ? (भिडियो सहित)

थारु समुदायको गुरही पर्वको अवसरमा सुलभ फिल्मस् एण्ड स्टुडियो धनगढीले नयाँ म्युजिक भिडियो ‘दिवाना होगिनु’ बजारमा ल्याएको छ ।गायक रामकुमार कठरियाको शब्द संगीत रहेको गीतमा गायक कठरिया र स्वस्तिका चौधरीको स्वर रहेको छ । सुलभ फिल्मस् एण्ड स्टुडियोको प्रस्तुतीमा रहेको म्युजिक भिडियोमा धनीराम चौधरी र मनिषा रावलको अभिनय गरेका छन् ।म्यजिक भिडियोलाई मुन्ना लभकुश्मीले डारेक्सन गरेका छन् भने कोरियोग्राफर आदर्श महतोले गरेका छन् । छायांकनमा दयाशंकर चौधरी, ड्रोनमा सतिश सिन्हा, असिस्टेन्ट क्यामेरामेन महेश चौधरी र मेकअपमा हसिना राना रहेकी छिन् । म्युजिक भिडियो कैलारी गाउँपालिका वडा नं. ६ खरेट्टी स्थित अत्यन्त रमणीय एवं पर्यटकीय स्थल जुगनिया ताल परिसर र होमस्टे थारु गाउँ भादामा छायांकन गरिएको छ ।त्यसैगरि सुलभ फिल्मस् एण्ड स्टुडियोको प्रस्तुतीमा नै ‘घोडाघोडी मन्दिरमा’ बोलको म्युजिक भिडियो पनि सावन १ गते बजारमा आइसेको छ । म्युजिक भिडियोमा छल्लु दादा, सुमित्रा चौधरी लगायतका कलाकार रहेका छन् । https://youtu.be/2aEn2i_IOV0

Continue Reading आखिर कस्को प्यारमा दिवानी भइन् मनिषा ? (भिडियो सहित)

अनु चाैधरी काे जादुमयी स्वर

कृष्णराज सर्वहारी / काठमाडौं कुनै पनि फिल्डमा स्थापित हुन मान्छेलाई दशकौं कुर्नुपर्छ। तर गायिका अन्नु चौधरी यस मानेमा भाग्यमानी छन्। उनको पहिलो गीतले नै उनलाई स्थापित गरिदियो। मात्र अढाई वर्षको गायन यात्रा तर यसबीचमा उनले एक सयभन्दा बढी थारू र ५० भन्दा नेपाली गीत रेकर्ड गरिसकेकी छन्। उनका प्रायः सबै गीत मुखमा झुन्डिने खालका छन्। त्यसैले त कुनै एकल एल्बम ननिस्कँदै बजारमा उनको माग ह्वात्तै बढेको छ। थारू समुदायको गायिकामा उनी अहिले पहिलो टे«न्डिङमा परेकी छन्। २०७२ सालमा कैलालीको प्रतापपुर गाउँको स्कुलबाट एसएलसी सकाएर प्लस टु पढ्न उनी सदरमुकाम धनगढी उक्लिइन्। धनगढी बसाइ नै उनका लागि वरदान सावित भइदियो। उनले डेरा जमाएकी थिइन् आफ्नी ठूली आमाकहाँ। उनको सुरिलो स्वर सुनेर ठूली आमाले तिम्रो गीत तुरुन्त रेकर्ड गराउने व्यवस्था मिलाउँछु भनिछन्। नभन्दै उनले स्थानीय गायक मनिराम चौधरीलाई भेट गराइदिइन्। मनिराम ‘मोर चम्फा फुलवारे’ एलबमको भाग २ का लागि थारू लोकगीत…

Continue Reading अनु चाैधरी काे जादुमयी स्वर

End of content

No more pages to load