गायक केशवराज महतोको शब्द, सङ्गीतमा रहेको थारु गीत “खन खन खन” Sebil Entertainment युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

राष्ट्रिय गायिका अन्नु चौधरी र केशवराज महतोकै स्वरमा रहेको गीतलाई गणेश चौधरीले एरेन्ज गरेका हुन् भने रेकर्डिङ, मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश के. सी.सँग सहकार्य गर्दै ड्रिम्स रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका हुन्। त्यसैगरी भिडियोको निर्देशन धेरै सुपरहिट थारु गीतहरूमा निर्देशन गरिसक्नुभएका व्यस्त निर्देशक बिक्रम चौहानले गर्नुभएको छ ।

नवराज उप्रेतीको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको म्युजिक भिडियोमा नेपाली सिनेमा क्षेत्रका चर्चित एवम् सफल नायक/मोडल पुष्प खड्का र डेब्युटेन्ट अस्ट्रेलिया निवासी मोडल पूजा चौधर सँगै PrinceNavnit ले अभिनय गरेका हुन्।

↓↓भिडियो हेर्नुहोस् ↓↓

Loading

9 Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top