“चोटी वाली छौरी” नाम गरिएको थारु म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

  • Post category:भिडियो

“चोटी वाली छौरी” नाम गरिएको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ। B&G Entertainment Nepal युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई प्रमोद चौधरीले लेखेका हुन्। भानु थारु र सोनु कुश्मीको सुमधुर स्वर रहेको र गणेश चौधरीको संगीत/एरेन्ज रहेको गीतमा राज कुश्मी‌ले र्‍याप गरेर सुनमा सुगन्ध थपेका छन्।

सावनको नृत्य निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा बिरु चौधरी र लीजा कौशल चौधरीले अभिनय गरेका हुन्। त्यस्तै यस गीतको भिडियोको छायांकन तथा सम्पादन बिकास गुरुङले गरेका हुन् भने भिडियोको प्रोडक्शन डिजाईनरको भूमिकामा युवराज केशरी देखिएका हुन् ।

↓↓भिडियो हेर्नुहोस्↓↓

Leave a Reply