‘लाल हरियर कलेजी’ होली म्युजिक भिडियो सार्वजनिक, पुर्वी थारु गीतमा बिर चौधरीको पहिलो अभिनय–

  • Post category:मनोरञ्जन

फागुपूर्णिमा अर्थात् होली पर्वलाई मध्यनजर गरी मेची देखि महाकालीसम्मको बिभिन्न जिल्लाहरुमा थारु भाषाको होली म्युजिक भिडियो निर्माण हुने क्रम बढेको छन्। यसै क्रममा पूर्वी थारु भाषा अर्थात् मोरङ्गीया थारु भाषामा “लाल हरियर कलेजी” बोलको होली म्युजिक भिडियो गीत “मेगा डिजिटल रेकर्डिङ स्टुडियो” युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

चर्चित थारु गायक/गायिकाहरु देव कृष्ण विश्वास, प्रकाश माझी, सुनिल चौधरी, निकिता थारु, प्रतिका चौधरी र बसन्ती चौधरीको संयुक्त स्वर रहेको गीतमा देब कृष्ण बिस्वास को म्युजिक कम्पोज रहेको छ भने गीतलाई मेगा रेकर्डिङ स्टुडियोले एरेन्ज गरेका हुन्।

सुरेश चौधरीको निर्देशन तथा विवेक सरदारको सह-निर्देशनरहेको म्युजिक भिडियोलाई क्वावल विश्वासले छायांकन गरेका हुन् भने यस म्युजिक भिडियोमा थारु इन्डस्ट्रीका चर्चित मोडेलहरु बिर चौधरी, दिपिका चौधरी, विनोद चौधरी, सुनिता चौधरी, सुनिल माझी, अनुशा राजधामी, विमल चौधरी, सोनम चौधरी, प्रकाश चौधरी र अनिता चौधरीको अभिनय रहेको छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्!

Leave a Reply