“तोहर माथेके बिन्दिया” थारु म्युजिक भिडियो गीत सार्वजनिक —

बारा जिल्लाको दोस्रो थारु गायक जुन “पागल बना देलौ” बोलको पहिलो गीत बाटै चर्चा कमाउनु भएको चर्चित थारु गायक आर्या चौधरीको दोस्रो थारू गीत “तोहर माथेके बिन्दिया” सार्वजनिक भएको छ।

गायिका: अन्नु चौधरी
गायक: आर्या चौधरी

आर्या चौधरीको शब्द/संगीत रहेको गीतमा अन्नु चौधरी र आर्या चौधरीकै स्वर रहेको छ भने एरेन्ज गणेश चौधरीले गरेका हुन्। ड्रिम्स रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीतलाई मिक्स/मास्टरिङ्ग प्रकाश केसीले गरेका हुन्।

मोडेल: बिरु चौधरी / मुस्कान चौधरी

हिरा चौधरीको निर्देशनमा निर्माण भएको भिडियोमा बारा जिल्लाको मोडेल बिरु चौधरी र चितवनकी मोडेल मुस्कान चौधरीको अभिनय रहेको छ भन्ने भिडियो छायांकन लक्ष्मण घिमिरे र सम्पादन निसान घिमिरेले गरेका हुन्। त्यस्तै सह-निर्देशन अजय महतो र ड्रेस डिजाइन अनिता तामाङले गरेका हुन्। Madmax Rising Entertainer युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई गणेश चौधरीले निर्माण गरेका हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्!

Leave a Reply