रामदेव चौधरी र अन्नु चौधरीको स्वर रहेको गीत “हमर निंदिया चुराके लेगेले” को भिडियो सार्वजनिक –


“गढीमाईके मेला” सँगै “बारा हिले पर्सा हिले” बोलको थारु गीत गाएर थारु सांगीतिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बारा जिल्लाको पहिलो तथा चर्चित थारु गायक रामदेव चौधरीको फेरी एउटा अर्को थारु गीत “हमर निँदिया चुराके लेगेले” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित थारु गायक रामदेव चौधरीकै शब्द/संगीत र स्वर रहेको गीतमा पछिल्लो समय सांगीतिक क्षेत्रमा नेपाली तथा थारु भाषाको गीत गाएर बहुचर्चित बनेकी कैलाली जिल्लाकी गायिका अन्नु चौधरीको समेत स्वर रहेको छ।

सावनको निर्देशनमा बनेको भिडियोमा बारा जिल्लाकै चर्चित थारु मोडेल राजिव चौधरी र नवलपरासी बर्दघाटकी रेडियो दौतरी १०५.८ मेगाहर्जमा कार्यरत संचारकर्मी तथा कार्यक्रम संचालिका रचना चौधरीको अभिनय गरेको छ।
बिकाश गुरुङ ले छायांकन तथा सम्पादन गरेको म्युजिक भिडियोलाई प्रदीप चौधरीले निर्माण गरेका हुन् भने “BS Maker Studio” युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments