अनुमा र शुनिल चौधरीको स्वर रहेको माघी गीत “आब आब नाचम सबकोइ माघिमे”को छायांकन हुने-

थारु समुदायको आउदै गरेको नयाँ वर्ष (थारु सम्वत) र महान पर्व माघीलाई लक्षित गर्दै थारु चलचित्र तथा संस्कृतिक संघ सुनसरीको प्रस्तुतिमा बन्न लागेको माघी गीत “आब आब नाचम सबकोइ माघिमे” बोलको गीतको म्युजिक भिडियो चाँडै आउने भएको छ।

पुर्व मेची देखी पश्चिम महाकाली सम्म छरिएर बसेका थारु समुदायहरुको भाषा, संस्कृति, भेषभुषा, रहनसहन, रितिरिवाज लाई गीत संगीतको माध्यमबाट एकताबद्ध गराउने उद्देश्यले निर्माण हुन लागेको गीतमा सुनिल चौधरीको शब्द तथा संगीत रहेको छ भने अनुमा चौधरी र सुनिल चौधरीकै स्वर रहेको छ।

गायिका:- अनुमा चौधरी

सुरज श्रेष्ठले एरेन्ज गरेको गीतलाई बिट्स स्टुडियो बिराटनगरमा रेकर्ड गरिएको हो। जनक चौधरी को निर्देशनमा यस गीतको छायांकन चाडै शुरु हुने भएको छ।

गायक:- सुनिल चौधरी

Leave a Reply