थारु गीत “सजना आजा तु लैके बरात” को भिडियो सार्वजनिक –


नवलपरासी जिल्लामा बोलिने थारु भाषाको गीत “छन छन (सजना आजा तु लैके बरात)” को भिडियो अन्त: “एन.डि. स्टुडियो” युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

यो गीतमा पछिल्लो समयमा सांगीतिक क्षेत्रमा नेपाली/थारु भाषाको गीत गाएर बहुचर्चित बनेकी कैलाली जिल्लाकी चेली गायिका अन्नु चौधरी र विन्दास म्युजिक अवार्ड (धनगढी) बाट २०७५ र २०७६ मा लागातार गीत गाएर आधुनिक गायनमा सर्वोत्कृष्ट हुनु भएका बहुचर्चित कपिलवस्तुका गायक खेम चौधरीको स्वरमा सजिएको छ।

बिराटनगरकी चेली मोनिका चौधरी र नवलपरासीका केप चौधरीको जोडदार अभिनय रहेको यो गीतलाई पतिराम थनेतले छायांकन गरेका हुन्। दिपेन्सु चौधरीको शब्द/संगीत रहेको यो गीतलाई गणेश चौधरीले एरेन्जर गरेका हुन्। यस गीतमा नवलपरासीको स्थानिय २० जना थारु चेलीहरुलाई कोर्षको रुपमा राखेर नचाएको छ।

यो गीतको ब्यवस्थापन भेपेन चौधरीले गर्नु भएको छ भने ड्रोन अपरेटर रामजनम चौरसिया, कोरियोग्राफी टिकटोकमा भाइरल एकिन प्रिन्स र निर्माण प्रेम प्रकाशले गरेका हुन्।
यस गीतले यो विवाह/लगनको सिजनमा सबै दर्शकको मन जित्न सक्ने निर्देशक दोय एकिन प्रिन्स र दिपेन्सु चौधरीले बताए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्!

2 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments