बारा जिल्लामा बोलिने थारु भाषाको गीत “पागल बना देलौ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र बारा जिल्लामा उदाउदै गरेको नव-गायक आर्या चौधरीको आवाजमा रहेको गीतलाई हिरा चौधरीले निर्देशन गरेका छन् ।
बाराका विरु चौधरी र चितवनकी मुस्कान चौधरीको जोडदार अभिनय रहेको यो गीतलाई सन्तकुमार चौधरीले छायांकन गरेका हुन । कोसिष चौधरीको शव्द रहेको यो गीतलाई गणेश चौधरीले एरेन्ज गरेका छन् । ड्रिम्स स्टुडियो काठमाण्डौंमा यो गीत रेकर्ड गरिएको हो । गीतमा १२ जना स्थानीय थारु चेलीहरुलाई कोरसको रुपमा राखेर नचाईएको छ।
यो गीतमा विक्रम चौधरी ( म्याड म्याक्स)ले ड्रोन अपरेट गरेका छन भने सहायक क्यामेरामा सन्ज चौधरीले काम गरेका छन् । अजय चौधरीले सहायक कोरियोग्राफी गरेको यो गीतले दर्शकको मन जित्न सक्ने निर्देशक हिरा चौधरीले बताए । यो गीतलाई निराजन थारु र सन्तोष शाहले निर्माण गरेका हुन्।
भिडियो हेर्नुहोस्।
I like this song