“तोर मायाक सागरमा” थारु गीतको भिडियो सार्वजनिक!

मनोरञ्जन

चितवनका चर्चित गायक मनोज महतो र अहिलेको चर्चित गायिका अन्नु चौधरीको स्वरमा रहेको ‘तोर मायाक सागरमा’ बोलको थारु गीतको भिडियो सार्वजनिक भएको छ । हिरा चौधरीको शब्द तथा मनोज महतोको संगीत र स्वर रहेको गीतमा अहिलेको चर्चित गायिका अनु चौधरीले साथ दिएकी हुन् भने उक्त गीतमा देब महतो र नायिका स्रिस्टी खड्काको अभिनय रहेको छ ।

दशैंको अवसर पारेर धमाधम थारु म्युजिक भिडियो गितहरु युट्युवमा सार्वजनिक भईरहेको बेला चितवनका गायक महतोले उक्त गित ND Studio The Story Maker युट्युब च्यानल मार्फत सार्बजनिक गरेका हुन्।

यस गीतको छायांकन चितवनको पर्यटकीय स्थल सौराहा तथा नारायणी नदी सँगै चिया खेतीको लागि प्रसिद्ध मानिने ईलामको चिया बगानमा छायांकन भएको निर्देशक हिरा चौधरीले बताए।

भिडियो हेर्नुहोस्!

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments