थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’को नेपाली म्युजिक भिडियाे सार्वजनिक (भिडियो हेर्नुहोस्)

  • Post category:भिडियो


थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ को नेपाली म्युजिक भिडियो गीत ‘आँखा छाेपि रूनु पर्याे’ “MEGA DIGITAL RECORDING STUDIO” युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

पुजा चाैधरीले निर्माण गरेको सो गीतमा शब्द संगित र स्वर प्रभु चाैधरीकाे रहेकाे छ । बिट्स स्टुडियाे बिराटनगरका सुरज श्रेष्ठले एरेन्ज गरेकाे याे गीतमा प्राण भन्दा प्यारी अाफ्नाे प्रेमिकाले छाेडेर जाँदा उनिसंग विताएका पलहरू सम्झीदै राेएका दृश्यहरू देख्न सकिन्छ। गीतकारले अाफ्नाे प्रियसीकाे बियाेगमा तड्पिरहेकाे पात्रकाे चित्रण गर्न खाेजेका छन् जसमा ‘सञ्जु बाबा’ ले अाफ्नाे बेजाेड प्रस्तुती दिएका छन् । यसअघि पनि उनले अाेइ डल्ली बाेलकाे नेपाली म्युजिक भिडियाेमा अभिनय गरिसकेका छन् ।

भिडियो हेर्नुहोस्

Leave a Reply