थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’को नेपाली म्युजिक भिडियाे आउँदै..

  • Post category:भिडियो

इटहरी / थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ नेपाली म्युजिक भिडियाे मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन् । गायक प्रभु चाैधरीकाे ‘आँखा छाेपि रूनु पर्याे’ बाेलकाे गीतमा उनि संगै माया शेर्पालाइ पनि देख्न सकिन्छ । लकडाउनकाे याे विसम परिस्थितीमा बिहिबार नै सुटिङका सम्पुर्ण कामहरू सकिएकाे छ। अब आउने आइतबार गीत रिलिज हुने बताइएको छ ।


‘सञ्जु बाबा’ काे अाफ्नै यूट्युब च्यानल मार्फत रिलिज गरिने साे गीतमा पुजा चाैधरी निर्माता रहेकी छिन् भने शब्द संगित प्रभु चाैधरीकाे रहेकाे छ । बिट्स स्टुडियाे बिराटनगरका सुरज श्रेष्ठले एरेन्ज गरेकाे याे गीतमा प्राण भन्दा प्यारी अाफ्नाे प्रेमिकाले छाेडेर जाँदा उनिसंग विताएका पलहरू सम्झीदै राेएका दृश्यहरू देख्न सकिन्छ। गीतकारले अाफ्नाे प्रियसीकाे बियाेगमा तड्पिरहेकाे पात्रकाे चित्रण गर्न खाेजेका छन् जसमा ‘सञ्जु बाबा’ ले अाफ्नाे बेजाेड प्रस्तुती दिएका छन् । यसअघि पनि उनले अाेइ डल्ली बाेलकाे नेपाली म्युजिक भिडियाेमा अभिनय गरिसकेका छन् ।

Leave a Reply