अभिनेता संगत चौधरीको जन्मदिनको अवसर पारेर थारु फिल्म “बसेरा”को एउटा गीत सार्वजनिक (भिडियो सहित)

  • Post category:भिडियो

थारु फिल्मको अभिनेता संगत चौधरीको जन्मदिनको अवसर पारेर थारु फिल्म “बसेरा” को “खोजटु मै” बोलको एउटा गीत सार्वजनिक गरिएको हो। “खोजटु मै” बोलको गीत पुरानो भएपनि फिल्म “बसेरा” मा समावेश गरिएको छ। उमेश थापाको शब्द, कमल कृष्ण को संगीत रहेको गीतमा आन्नद कार्कीले स्वर दिएका छन्। थारु फिल्मको सुरुवाती चरणमा आन्नद कार्कीले थुप्रै थारु गीतमा स्वर दिएका छन्। फिल्ममा संगत चौधरीको हिरोइन समु चौधरी बनेकी छिन्। भिडियोलाई सुधराम दहितले निर्देशन गरेका छन भने छायांकन र सम्पादन चाही सतिश सिन्हाले गरेका छन्। गीतलाई “सि.एस.फिल्मस्” युट्युब च्यानलले सार्वजनिक गरिएका छन्।

भिडियो हेर्नुहोस्

Leave a Reply